Sunday, August 9News That Matters

रोकेर राखेको बसमा आग्जनी

पूर्णपुष्टि,चैत २४

स्याङजामा रोकेको बसमा आग्जनी भएको छ । आग्जनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको हो । सोमबार राती १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आग्जनी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लागेको समयमा बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिजुली तार सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।