
पुर्णपुष्टि, असार १ गते ।
रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या ८ सय ६९ पुगेको छ ।
जिल्लाको इशनाथ, राजपुर, राजदेवी, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।
इशनाथ नगरपालिकाका ३३ जना, राजपुर नगरपालिकाका ८ जना, राजदेवी नगरपालिकाका ९ जना, फतुवा विजयपुर नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।
काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोशालमा गरिएको परीक्षणमा उनिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका हुन् ।
