
पूर्णपुष्टि, जेष्ठ ५
रौतामाईको ७ नं वडा सिल गरिएको छ । विश्वव्यापी माहामारी कोरोना भाईरस अत्यादिक बढेको भन्दै तत्कालका लागि वडा सिल गरिएको वडा अध्यक्ष उत्तर कुमार मगरले जानकारी दिनुभयो । बुधबार वडावासीहरुमा सूचना प्रकाशित गरी पालिका तथा अन्य जनसमुदायहरुमा समेत सिल गरिएको सूचनामा उल्लेख गरिएको छ ।
पालिकाको बुधबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम र सचेतनाको लागि वडा सिल गरिएको अध्यक्ष मगरले बताउनुभयो । वडामा औषधी पसल बाहेक अन्य व्यवसाय र क्रियाकलापहरु ठप्प पारिएको छ । बुधबार ५ गते राति ७ बजे देखि मंगलबार ११ गते राति १२ बजे सम्मलाई वडा सिल गरिएको अध्यक्ष मगरले बताउनुभयो ।
वडाको यसै सूचनाको आधामा सचेत बनि वडावासीहरुले यसको पालना गर्न वडाले अनुरोध गरेको छ । वडाले हरेक नागरिकले सतर्कता अपनाउन र स्वास्थ्यको सबै मापदण्ड अपनाउन समेत अनुरोध गरेका छन् ।
