Sunday, June 28News That Matters

रौतामाई गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रम सुरु, ३६ जना सुत्केरीलाई ७ हजार ५ सय बराबरको कोशेली वितरण

पूर्णपुष्टि, फागुन १३

रौतामाई २ ओख्रेनीकी २४ वर्षिय भिमा मुक्तान एक महिनाकी सुत्केरी हुन । आर्थिक अवस्था कमजोरका कारण सुत्केरी उकास्ने समेत खर्च नभएकी मोक्तानलाई हालै गाउँपालिकाले सञ्चालनमा ल्याएको उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रमले उकासेको छ । यस कार्यक्रमले उनलाई ठुलो राहत पुगेको छ । मोक्तानलाई दुईदिन अगाडी स्वास्थ्य चौकी भुट्टार बाट खबर गयो । तपाई स्वास्थ्य चौकीमा आएर शुरक्षित सुत्केरी हुनु भएकोमा पालिकाले सम्मान स्वरुप सुत्केरी कोशेली वितरण गर्दै छ ।

यहि सुचनाले रौतामाई गाउँपालिकाको २ नम्बर वडा कार्यालय भुट्टार आईपुगेकी मुक्तानले आफुले पाउदै गरेको सामाग्री देखेपछि उनको अनुहार मात्र उज्यालिएन, गहभरी आशु पनि टिल्पीलिए । उनले भनिन“गरिवलाई हेर्ने पालिका रहेछ, ।”

गएको साउन महिना देखी स्वास्थ्य चौकी भुट्टारमा शुरक्षित सुत्केरी हुने २ नम्बर वडाका ३६ जना महिलाहरु छन । उनीहरुलाई ‘सुत्केरी कोसेली’ वितरण गर्दै गर्दा मुक्तान जस्तै अन्य सुत्केरीहरुले पनि खुसि व्यक्त गरेका थिए ।

रौतामाई गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ को निति तथा कार्यक्रम अन्र्तगत आज बाट “उपाध्यक्षज्यू सँग सुत्केरी भेटघाट कार्यक्रम”शुरुवात गरिएको प्रमुखप्र शासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिनुभयो । दाहालकाअनुसार ‘सुत्केरी महिलाहरुले ७ हजार ५ सय बरावरको सामाग्री पाउने बताउनुभयो ।’

मातृशिशु मृत्यु दरलाई कम गराउदै शुरक्षित रुपमा अस्पतालमै गएर बच्चा जन्माउनुपर्छ भन्ने शन्देस फैलाउनका लागि रौतामाई गाउँपालिकाको ८ वटै वडाहरुमा पुगेर सुत्केरीसँग भेटघाट गर्दै सामाग्री वितरण गरिने पालिकाका उपाध्यक्ष कुमारी ज्यू ठकुरीले बताउनुभयो ।

सुत्केरी कोशेलीप्याकेजमा २५ केजीचामल, सुत्केरी आमालाई सुतीको साडी, बच्चालाई बाबासेट, व्यालङकेट, ५ सय ग्राम ज्वानो, ३ सय ग्राम मेथी, १ केजी शख्खर, ५÷५ डल्ला नुहाउने र लुगाधुने सावुन, १ केजी सर्फ, टावल लगाएत १५ सय बराबरको कुखुराको भाले, १ हजारको घ्यू खरिद गर्नका लागि २ हजार ५ सय नगद समेत दिईएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बविता परियारले जानकारी दिनुभयो । परियारका अनुसार सुत्केरी भेटघाट कार्यक्रमले आमालाई आत्मा सम्मान साथै प्रोत्साहन मिल्ने  र परिवारका सदस्यहरुलाई समेत सुत्केरी आमा र बच्चा प्रति थप जिम्बेवारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

नागरिक लाई नजिकको सरकारको रुपमा अपनत्व गराउदै, सामान्य तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत सुत्केरी उकास्न सहयोग पुगोस भनेर उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम ल्याईएको र यसलाई निरन्तरता दिईने पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।

जनचेतनामा बृद्धि भएका कारण पछिल्लो समय रौतामाई गाउँपालिकामा शुरक्षित रुपमा स्वास्थ्य चौकीमै गएर शुरक्षित सुत्केरी गराउने दर बढेको पाईएको छ । गाउँपालिका भरीमा वार्षिक २ सयको हाराहारीमा स्वास्थ्य चौकीहरुले शुरक्षित सुत्केरी गराउदै आएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले बताउनुभयो ।

सुत्केरी भेटघाट कार्यक्रम सम्पन्न गर्नका लागि यस वर्ष पालिकाले ५ लाख बराबरको कोष बनाएको छ भने बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले सोही कार्यक्रमका लागि ५ लाख विनियोजन गरेको छ । उपाध्यक्षकुमारी ज्यू ठकुरीको हातबाट ४ महिनाकी सुत्केरी अम्विका मगरलाई सुत्केरी सामाग्री हस्तान्तरण गर्दै कार्याक्रमको शुरुवात गर्नुभयो । कार्यक्रममा २ नम्बर वडा अध्यक्ष खविन्द्र बहादुर रासकोटी, प्रमुख प्रशासकीय अधिकृत पर्शुरामदाहाल, कार्यपालिका सदस्य देवीदाहाल, २ नम्बर वडा सदस्य सरिता परियार लगाएतको सहभागीता रहेको थियो ।