Thursday, May 28News That Matters

लकडाउनका कारण काठमाडाैमा काेही थुनिएकाे भए भाेली र पर्सीमा बाेलाउने माैका

पूर्णपुष्टि, चैत २७ ।

काठमाडौंमा अलपत्र परेका तपाईका कोही आफन्त छन् भने भोली र पर्सी दुइदिनमा बोलाई हाल्नुहोस् । सरकारले लकडाउनका कारण काठमाडौंमा अलपत्र  परेकाहरुलाई घर जान दिने निर्णय गरेका कारण उपत्याका बाहिरकाले घर जाने मौका पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा बसेको बैंठकले भोली र पर्सी उपत्याका बाहिर घर जान दिने निर्णय गरेको हो । यो निर्णयले उपत्याकामा कोठा गरी बसेका, पढ्न बसेका र विभिन्न कामले बसेकालाई गाउँघर जाने मौका मिलेको हो ।

तर, बाहिरबाट काठमाडौं उपत्यका जान पाउने छैन । बाहिरबाट उपत्यका जान नभइ उपत्याकामा लकडाउनका कारण थुनिएकालाई गाउँघर जाने निर्णय मात्र भएको हो ।

सरकारले गत चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । लकडाउन लागु भएको १६ औं दिनमा उपत्यका बाहिरकालाई घरजाने दिने निर्णय गरेको हो । लकडाउनका कारण यातायात तथा आवतजावत बन्द भएपछि थुप्रै मानिसहरु काठमाडौंमा थुनिएका छन् ।

काठमाडौंमा कोठामा बसेकाहरुलाई खाद्यान्न किनमेलमा समस्याका साथै अभाव र संकट परिरहेको अवस्थामा गरिएको निर्णयले थुनिएकाहरु खुसी त भएका छन् तर कसरी जाने भन्ने चिन्ता छ । भनेको बेला सवारी साधन पाउन नसक्ने अवस्था भने कायमै छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले सवारी साधनको बारेमा सरकारको स्पष्ट निर्देशन आइनसकेको बताउनुभयो । सरकार आफैले सवारी साधनको व्यवस्था मिलाएर पठाउने हो वा सार्बजनिक सवारीलाई पासको व्यवस्था मिलाएर पठाउने हो भन्ने बारे प्रष्ठ निर्देशन आएपछि थाहा हुने उहाँले बताउनुभयो ।

सरकारले क्रमिकरुपले लकडाउन बढाइराख्नु पर्ने अवस्था आइरहेको छ । कोराना भाइरस विरुद्ध उच्चतम् सतर्कता अपनाउनु पर्ने अवस्था छ । तसर्थ, यी सबै कुरालाई मध्येनजर गर्दै सरकारले आवश्यकता र परिस्थिति अनुसार निर्णय गर्दै आएको छ । यसअघि विभिन्न ठूलो आयोजनाहरुका मजदुरहरुलाई घरसम्म पुग्ने व्यवस्था सरकारले मिलाएको थियो ।

उपत्यकाबाट के कति मानिस बाहिरिन्छन् भन्ने अहिले नै आकलन छैन । कसरी र स्वस्थ्यको हिसावले कसरी पठाउने भन्ने कुरा पनि प्रष्ट आइसकेको छैन । यसरी एक्कासी उपत्याकाबाट ठूलो संख्यामा बाहिर मानिस जानुपर्दा कोरोनाको संक्रमणको जोखिम पनि हुन्छ । यो निर्णयले संक्रमण फैलिने पो होकी भन्ने चिन्ता स्थानीय तहमा छ । तसर्थ आउनेहरुलाई सुरक्षितरुपले आउने र उनीहरु मध्ये कसैमा संक्रमण छ भने फैलन नदिने किसिमले ल्याउने व्यवस्था मिलाउनु पर्ने सर्बसाधारणको माग छ ।

त्यसैगरी छोटो दुरीमा लकडाउनका कारण थुनिएर रहेकाहरुको हकमा पनि सरकारको गृह मञ्त्रालयले अभ्यास गरिरहेको जनाइएको छ ।