Sunday, May 10News That Matters

लकडाउनको आज ६३ औं दिन, लकडाउनको अवज्ञा बढ्दो

पूर्णपुष्टि, जेठ १२ ।

नेपालमा पहिलोपटक भएको लकडाउन सुरुका दिनमा छोटो समयमै टुंगिएला भन्ने लागेता पनि कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउन पनि लम्बिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनको आज ६३ औं दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी भएको लक डाउन पाँचपटकसम्म थप गरी जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

आज दिउसोसम्ममा नेपालमा ६ सय ७५ जना कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो समय संक्रमित तिब्ररुपले थपिदै गएपनि लकडाउन लम्बिदै गएको छ ।

सुरुको अवस्थामा लकडाउन कडाईका साथ लागु भएको उदयपुरमा पछिल्लो समय केही खुकुलो देखिएको छ । सर्बसाधारणहरुले पालना गर्ने कुरामा कमजोरी देखिएको छ । सदरमुकाम गाईघाट बजार र जिल्लाका मुख्य बजारहरुमा मानिसहरुको चहल पहल निकै देखिएको छ । भिडभाड र गतिविधी विगतको तुलनामा अहिले बढेको स्थानीय बताउछन् ।

जिल्लामा ३३ जना संक्रमित भेटिएपछिको अवस्थामा संक्रमित नथपिएकाले जनजीवन सामान्य देखिएको छ । सुरक्षा निकायले लकडाउनको पालना गर्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन बारम्बार आव्हान गरेपनि सर्बसाधारण बाहिर निस्कने क्रम बढेको छ । यसले जोखिम बढाउने बुद्धिजिविहरु बताउ छन् ।