
पूर्णपुष्टि, जेष्ठ २०
चर्चित बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो ।
यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ ।
मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट रहेको छ ।
भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए ।
