Friday, May 22News That Matters

लकडाउनले भारत फर्कन नपाएकी महिलाले दशगजामै जन्माइन शिशु, नाम राखियो ‘बर्डर’

सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले  बालकको नाम ‘बर्डर’ राखिदिएका छन् ।

पूर्णपुष्टि, जेठ १८ ।

एक भारतीय महिलाले दशगजा क्षेत्रमा शिशुको जन्म दिएकी छिन् । लकडाउनका कारण स्वदेश फर्कन नपाएकी एक भारतीय महिला जामताराले भैरहवाको दशगजा क्षेत्रमै शिशु जन्माएकी हुन् ।

भारत बहराईच जिल्लाकी उनले दशगजामै रहेका अन्य भारतीय महिलाको सहयोगमा शिशु जन्माएको जनाइएको छ । सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले  बालकको नाम ‘बर्डर’ राखिदिएका छन् ।

उनको श्रीमान लालाराम नेपालको नवलपरासीको जगत ईट्टा उद्योगमा काम गर्दथे । श्रीमान्संगै कामका लागि नेपाल आएकी उनी गर्भवती अवस्थामा स्वदेश जान चाहन्थे । लकडाउनले दशगजा क्षेत्रमा रहेका थिए । भारतको प्रवेश अनुमतिको आशमा पालो कुरेर बसीरहेको अवस्थामा उनी सुत्केरी भएकी हुन् ।

शिशुसहित अहिले प्रसुति भएकी महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको र शिशु तथा आमाको भारत नौतनवामा रहेको स्वास्थ्य चौकीमा उपचार भै रहेकोछ ।