
पूर्णपुष्टि, जेठ २९ गते ।
लकडाउन उल्लंघन गर्दा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले जरिबाना तिर्नु परेको जनाईएको छ ।
गत जुन ३ तारिखको दिन खेम्लेन्स्के शहरको एक क्याफेमा जाँदा जरिबाना तिरेको युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताएका छन् ।
क्याफेमा गएको केही समयपछि उनको कार्यालयले क्याफेमा कफी पिइरहेको उनको फोटो सार्वजनिक ग¥यो, त्यो समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियो । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् ।
राष्ट्रपतिले कति जरीवाना तिरेको भन्ने विषय खुलाउन खुलाएको छेन । जेलेनेस्कीले जानाजान कोभिड–१९ बाट संक्रमित हुन खोज्नु युक्रेनी नागरिकको लागि वास्तविक खतरा महसुस गरेको जनाईएको छ ।
