Thursday, May 28News That Matters

लकडाउन जेठ ५ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

पूर्णपुष्टि, बैशाख २४ गते । 

सरकारले लडकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रि परिषदको बैठकले सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो ।

यसअघि सरकारले बैशाख २५ गतेसम्मको लागी थपिएको लकडाउन कोरोना संक्रमितको संख्या बढेपछि जेठ ५ गतेसम्म थपेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउनको बुधबार ४४ दिन पुगेको छ ।