Sunday, April 19News That Matters

लडेर एक जनाको मृत्यु

संखुवासभा, साउन १९ गते । 

संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका – ३ एक्वा निबासी ६२ वर्षीय घले शेर्पा भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानिय बजारमा पुजाको सामाग्री किन्न गएको शेर्पा घर फर्कने क्रममा करिब राती ९ बजे महाभीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर करिब ५० मिटर तल खस्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।