
सुनसरी, भाद्र २१
सुनसरी भोक्राहामा लडेर एक नाबालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिहं–४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरी रविना खातुनको लडेर मृत्यु भएको हो ।

आज दिउसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेत बारीमा नाबालिका लडी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लडी रहेको अवस्थामा फेला परेको नाबालिकालाई तत्काल उपचारका लागी जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको भनि आफन्तले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ ततकाल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

