Tuesday, June 23News That Matters

लडेर हड्डी खुस्किए पछि ३ बर्ष देखि स्थानीयको साहारामा बाँचेका जलजलेका चन्द्र लिम्बुलाई उद्धार गरी मानव आश्रम पठाइयो

पूर्णपुष्टि, चैत्र १८

त्रियुगा नगरपालिका ६ जलजले उद्यामी टोलका स्थानीयहरुले मानवियताको उदाहरण दिएको छ । ताप्लेजुङ बाट करिब ३० बर्ष अगाडी उदयपुर आएका चन्द्र लिम्बु हाल अशक्त अवस्थामा छ । प्रोजेक्ट तथा कामको शिलशिलामा ४६ सालमा उदयपुर आएका लिम्बुले उदयपुर सिमेन्ट उद्योगमा ३ बर्ष काम गरे । त्यस पश्चात सामान्य मिस्त्रको काम गर्दै जिविको पार्जनमा लागि परे र उदयपुरलाई कर्मथलो नै बनाए ।

उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा बेसाहारा अवस्थामा बस्दै आएका लिम्बुलाई त्यहीको उद्यामी टोलवासी स्थानीयहरुले ३ बर्ष देखि पाल्दै आए । आफन्त र परिवार नभएको अवस्थामा लिम्बु मानव स्वरुप बाहेक अन्य सेवाहरु बाट बन्चित भईसकेका थिए । स्थानीयहरुले खानपिन स्वास्थ्य र अन्य समस्याहरु हल गर्दै उनको ३ बर्षदेखि संरक्षण गर्दै आए । सबैको आ–आफ्नै समस्या रहेता पनि अशक्त व्यक्तिहरुको सहयोग गर्नु पर्ने भन्दै स्थानीयहरुले ३ कर्ष सम्म पालैपालो उनलाई खानपान, लत्ताकपडा र स्वास्थ्यमा ध्यान पुराउँदै मानवियता काम गरे ।

उनको उद्धारको लागि स्थानीयहरुले पहिल्यै पनि मानव आश्रमको लागि पहल गरे त्यो बेला लिम्बु आफै जान मानेन । हावा, पानी, घाम, बाढी जस्ता समस्याहरु आउँदा स्थानीयहरुले सँधै उद्धार गर्दै आएका थिए । तर पनि काहाँ कति बेला के हुन्छ भन्ने समस्या नै रह्यो । सँधै पर्खेर बस्ने समय पनि नहोला मानव आश्रममा भए रेखदेख, खानपान, स्वास्थ्यमा समेत ध्यान पुग्ने भएकाले स्थानीयहरुकै पहलमा उनलाई चितवनको भरतपुर नगरपालिका स्थित मानवको लागि मानव सहयोगी केन्द्र सभ्यताको घर ठिमुराको एक आश्रममा पठाउने कार्य भएको छ ।

काम गर्न सक्ने समान्य अवस्थाको लिम्बु एक्कासी लडेर हड्डी खुस्कीएपछि अहिले अशक्त छ । शरिरको बिभिन्न अंग नचल्ने र हड्डी नै खुस्कीएर नजोडिएको अवस्थामा उनि एक्लो बन्न पुगे । उनको परिवार, आफ्न्त र दाजुभाईको कुनै ठेगान नभएको स्थानीयहरुको भनाई छ । उनको जो भएपनि जो भनेपनि आफुहरु नै साहारा रहेको स्थानीयवासीहरुको भनाई छ ।

बिहे भएपनि छोराछोरी हुन नसक्दा झनै आफन्त बिहिन भएको लिम्वुको साथमा श्रीमती पनि छैन् ।

उनलाई बुधबार जलजलेका उद्यमी टोल विकास संस्था, जनजागृति युवा क्लव र स्थानीयहरु मिलेर आर्थिक संकलन गरी गाडी रिजार्वमा आश्रम पठाउने काम गरेको छ  ।

उद्यमी टोल विकास संस्थाकी प्रतिनिधि तथा स्थानीय सरिता राईले टोल विकास संस्थाका सम्पूर्ण टिम लगायत युवा क्लव र सम्बन्धित निकायहरुको पहलमा उहाँको संरक्षणको लागि आश्रम पठाउने काम भएको बताउनुभयो । 

त्यो एउटा मानव संरक्षक संस्था भएकोले धेरै अभावमा एक्लो हुनुभएको चन्द्र दाईलाई थप सेवा सुविधाहरुले सहयोग पुग्ने र जिवन विताउन थप सहज हुने भन्दै उहाँको लागि सबैले पहल गरी मानव आश्रम पठाउने काम गरेको राईले बताउनुभयो ।

उद्यमी टोल जागृति युवा क्लवका अध्यक्ष हर्कजित दनुवारले उहाँको उद्धारका लागि वडाले ५ हजार, उद्यमी टोल विकास संस्थाले ५ हजार र जागृति युवा क्लवले ३ हजार सहयोग गरेको र अरु अपुग स्थानीयहरु बाट ८ हजार संकलन भएको बताउनुभयो ।

 

उहाँले मानवीयताको हिसावले पनि उहाँको उद्धार गर्न जरुरी रहेको बताउनुभयो । यसरी एक्लो अवस्थामा बेसाहारा भईरहेको व्यक्तिलाई उद्धार गरी सम्बन्धीत ठाउँमा सुरक्षित गर्न सक्दा मानवीयताको उदाहरण दिन सक्ने उहाँले बताउनुभयो ।  स्थानीय पवि कुमारी मगरले अशक्त भएको अवस्था देखिनै स्थानीयहरु पालैपालो खाना खुवाने काम गरिरहेको बताउनुभयो । यसरी स्थानीयहरुले ३ बर्ष सम्म लगतार बाँस, गाँस कपासमा सहयोग गर्दै उहाँलाई बचाईरहेको बताउनुभयो ।

सोमबार सुमो रिजर्भ गरेर अशक्त लिम्बुलाई स्थानीयहरुले मानव आश्रम लिएर गएको छ ।