
मोरङ, फाल्गुन १७ गते ।
मोरङको लेटाङ नगरपालिका–५ निबासी ७४ बर्षीय मनिप्रसाद राईको रुखबाट लडेर मृत्यु भएको छ । घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा शुक्रबार अपरान्ह ५ बजे अचानक लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको हो ।
रुखबाट लडेर घाईते भएका राईलाई घर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटनास्थल पुगी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
