
उदयपुर माघ २३ गते ।
उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित खानिटारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
भुटारबाट गाईघाट नर्फ आउँदै गरेको ना ५ ख १०५१ नम्बरको बस चेक जाँच गर्ने क्रममा दिउँसो साढे १२ बजे बसामा सवार त्रियुगा नगरपालिका–११ निबासी २० बर्षीय सन्तोष र १८ बर्षीय सचिनको साथबाट ५०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
