
मोरङ, चैत्र १९
मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर १६ हुलासचौकबाट लागुऔषधसहित सुनसरी बराहक्षेत्र–५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठ पक्राउ परेको हो ।
लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठकोलाई आज दिउसो साढे १२ बजे लागुऔषध एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका श्रेष्ठमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
