Friday, July 24News That Matters

लागुऔषधसहित १ जना पक्राउ

झापा, बैशाख १६ गते । 

झापाको मेचीनगरबाट लागुऔषधसति एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम ब्राउनसुगरसहित बच्चु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

निर्माणाधिन मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटेका प्रहरी टोलीले गतराती पौने १० बजे मेचीनगर नगरपालिका–६ का ५८ बर्षीय चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरी माथी थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।