
मोरङ, कात्तिक ४
मोरङको बिराटनगर–१६ को दरैया एरियाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । विराटनगर रानी–१५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई लागुऔषधसहित पक्राउ परेका हुन् ।
विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (आरआईटी) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी, १ सय ८७ ट्याब्लेट नाईट्रोजन र २ सय ३८ ट्याब्लेट एसपी प्रोक्सिभनसहित आज विहान सवा ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
