
पूर्णपुष्टि, फागुन १०
मोरङमा अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका–२ निबासी ३३ वर्षीय धनिराम चौधरी, वडा नम्बर ४ का ३७ वर्षीय मनराज शेखर र २३ वर्षीय कैलाश मण्डल खैरो हिरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागुऔषध ब्यूरो विराटनगरबाट खटेका प्रहरी टोलीले आईतबार दिउँसो साढे ३ बजे कटहरी गाउँपालिका–४ को चमराही चौकबाट प्लाष्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन आठ ग्राम र डिजिटल काटा एक थानसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
