Wednesday, May 27News That Matters

लागुऔषधसहित ५ जना पक्राउ

बिराटनगर, फाल्गुन १६ गते । 

विभिन्न ठाउँबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरी चौकी कोयलपुवाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार दुवै जना पक्राउ परेका हुन् ।

उक्त मोटरसाईकल चालक सुन्दरहरैचा–११ निबासी ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाईकल पछाडी सवार ईटहरी उप–महानगरपालिका–५ निबासी २६ बर्षीय मनिष परियारको साथबाट एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट,  डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्याल मोरङबाट खटेका प्रहरी टोलीले राती पौने १ बजे बिराटनगर महानगरपालिका–११ निबासी २६ बर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेका छन् । उनीहरुको साथबाट लुपिजेसिक, एभिल र डाईजोल्याप नामक दुई सय ६० ट्याब्लेट र तीन थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले मेचिनगर नगरपालिका–६ बाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । कमल गाउँपालिका–५ निबासी २३ बर्षीय मनिष धिमालको साथबाट  डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र  लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।