
पूर्णपुष्टि, साउन ३०
संखुवासभा खाँदवारी नगरपालिका –७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाईको थप अनुसन्धान भईरहेकोे छ ।
