Tuesday, July 7News That Matters

लागुऔषध गाँजा सहित पूरुष पक्राउ

पूर्णपुष्टि, पुष २५ गते ।
सुनसरीको धरान उपमहानगर–पालिका–१३ स्थितबाट लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगर–पालिका १३, का स्थानिय ४७ बर्षीय पर्शुराम गुरुङ रहेका छन् ।

बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । गुरुङको घरमा खानतालसी गर्दा र को.१ ह १८५६ नम्बरको अटो टेम्पोमा लुकाई छिपाई राखेको १७ किलो २०० ग्राम गाँजा प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका गुरुङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।