Wednesday, July 8News That Matters

लागुऔषध चरेश सहित युवक पक्राउ

पूर्णपुष्टि, पुष १३ गते ।
कैलालीको गोदावारी नगरपालिका २ बसर्पाकस्थित नवीन होटलबाट ९ किलो लागुऔषध चरेशसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका ७ काँडा का ३६ वर्षीय यमराज दौल्याल रहेका छन् ।

बिशेष सुचनाको आधारमा होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) वेदप्रसाद जोशीले बताए । उहाँकाअनुसार प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दैल्याललाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।