
पूर्णपुष्टि, माघ ५
झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–१ बाट पक्राउ गरेको हो ।
यसैगरी झापाको गौरादह नगरपालिका–१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका–९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेकाहरुको माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
