
पूर्णपुष्टि,चैत १५
झापाको बिर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय सुवास ताजपुरिया पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ ग्राम ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धसान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
