
पूर्णपुष्टि, असार ३
झापामा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ शान्तिनगर बस्ने ३४ वर्षीय पबन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
शान्तिनगर टोल स्थितबाट आज दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले राईको साथबाट २२ ग्राम ब्राउन सुगर फेला पारेको हो ।
पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
