Monday, July 6News That Matters

लागुऔषध ब्राउन सुगर र २ लाख ५० हजार बढी नगदसहित २ जना पक्राउ

पूर्णपुष्टि, साउन १५

झापा मेचिनगर नगरपालिका–९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जना नगद र ब्राउन सुगरसहित पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका पक्राउ परेको हुन् ।

हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा पक्रा गरेको हो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला परेको थियो । उनीहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।