
पूर्णपुष्टि,फागुन २ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित छुट्टा छुट्टै स्थानबाट उदयपुरका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर १५ स्थित भारतबाट नेपाल आउँदै गरेको २४ बर्षीय रोशन परियारलाई लागुऔषध नियन्त्रण व्युरो बिराटनगरले पक्राउ गरेको हो । उनको साथबाट लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
यता उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको मे.१ ख ३०५४ नम्बरको बसमा सवार त्रियुगा नगरपालिका–१३, का १९ बर्षीय पासर राईलाई पक्राउ गरेको छ । उनले आफु बस्ने सिट मुनि लुकाई राखेको, डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान प्रहरीले बताएको छ
