Saturday, August 8News That Matters

लागुऔषध सहित १ जना पक्राउ

मोरङ, असार २५

मोरङको बिराटनगर महा–नगरपालिका–१६ बाट लागूऔषध सहित १ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर महा–नगरपालिका–७ का २० बर्षीय आनन्द कुमार पासवानलाई लागुऔषधसहित पक्राउ परेको हो ।

उनको साथबाट १ सय एमएलको ३९ बोतल डाईलेक्स डि.सी.बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।