Sunday, June 28News That Matters

लागुऔषध सहित १ जना पक्राउ

मोरङ, असार १०  

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेको छ ।

ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।