
सुनसरी, असार ११
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव लागुऔषध सहित पक्राउ परेको छ ।
हिजो दिउसो २ बजे भाण्टाबारीमा हिडिरहेका यादवलाई शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४० एम्पोल, नाईट्रोशन १ सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ सय ४४ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।
