
झापा,चैत्र २९ गते ।
झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । ईलामको माई–२ निबासी ४३ बर्षीय कमल श्रेष्ठ र सुर्योदय–२ निबासी २८ बर्षीय संदिप राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।
मेचिनगर–१० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई हिजो राती साढे ९ बजे नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
