
सुनसरी ,असार १७
सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम लागुऔषधसहित पक्राउ परेका हुन् ।
आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन १ सय १४ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
