
मोरङ, श्रावण २
मोरङबाट लागुऔषधसति दुई जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१२ बाट नियन्त्रीय लागुऔषध सहित २ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे १२ बजे बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डललाई १० बोतल डाईलेक्स डिसी र २० ट्याबलेट निट्रोभेट चक्की सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
