
मोरङ, असोज १२ गते ।
मोरङको बिराटनगरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१३ झमेली चोकबाट पूर्णबहादुर तामाङ्ग र सुवास राईलाई प्रहरीले पक्राउ गरेका हुन् ।
गतराती ११ बजे पैदल हिडिरहेका धरान उप–महानगरपालिका–८ निबासी ४६ वर्षीय तामाङ्ग र धरान उप–मनपा–११ निबासी राईको साथबाट डाईजोल्याप एम्पुल एक सय १० थान, लुपिजेसिक एम्पुल एक सय १० थान र एभिल एम्पुल एक सय १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
