
आशिष वस्नेत
पूर्णपुष्टि फागुन २१
कटारी नगरपालिका ५ मा लागुऔषध नियन्त्रण सम्बन्धि सडक नाटक तथा सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरिएको छ । ।समग्र ५ नम्बर वडा युनियनको आयोजनामा वडाको भवरीदेवी आधारभूत विद्यालयको परिसरमा चेतनामुलक नाटक साथै सांस्कृतिक कार्यक्रम गरिएको हो ।
युनियनका सल्लाहाकार रामसिंह राईले समाजमा लागुऔषध दुव्र्यसनीका कारण आपराधिक कृयाकलापहरु बढिरहेका वेला युवाहरुको पहलमा समुदायमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी सहायक निरिक्षक सुवास थापाले लागु औषध नियन्त्रण सम्बन्धि यो कार्यक्रम निकै उपलब्धी मुलक रहेको बताउनुभयो । यो संस्कृतिक तथा चेतनामुखी सडक नाटकले लागुऔषाध दुव्र्यसनिलाई नियन्त्रण गर्न थप प्रयास र सहयोग पुगेको थापाले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य हेमा विश्वकर्माले युवाहरुको कार्य सराहनिय भएको भन्दै लागु औषध नियन्त्रणका लागि राज्यले पनि प्रभावकारी नीति निर्माण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा युनियनका कलाकारहरुले नाटक मार्पmत लागुऔषध दुव्र्यसनी कसरी पैmलिरहेको छ भन्नेबारे र यसको नियन्त्रण सम्बन्धि प्रस्तुती दिएका थिए । कलाकारहरुले गायन , नृत्य मार्पmत भरपुर मनोरञ्जन समेत दिलाएका थिए ।कार्यक्रमलाई वडाका अन्य विद्यालयहरुमा पनि आयोजना गर्ने युनियनका संयोजक सुरज विश्कर्माले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार खुलाल मगरको सभापतित्व र जेष्ठ वडासदस्य गिन्तीमाया ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
