
उदयपुर, साउन २१ गते ।
लागु औषध सहित एक जना पक्राउ परेको छ । त्रिुगा नरपालिका – ६ जालजले फिलिम हल छेउबाट सुदिप परियार पक्राउ परेको हो ।
स्थानिय २२ वर्षीय परियारले लागुु औषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । परियारलाई पक्राउ गरी खोजतलास गर्दा २ थान सिरिन्ज, ५ थान डाईजेल्याव, ५ थान लुपिजेसिक र ५ थान फेनारगन उनको साथबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेको परियारलाई जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
