Tuesday, August 11News That Matters

लागूऔषधसहित एक जना पक्राउ

पूर्णपुष्टि, चैत १० 

सप्तरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका कंचनरुप नगरपालिका–११ निवासी २२ वर्षीय राजु सरदारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

ञतिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका सरदारलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।