Tuesday, June 30News That Matters

लाहानको इलाका प्रहरी कार्यालय बाट थुनुवा फरार

पूर्णपुष्टि, असार २६

लाहानमा रहेको इलाका प्रहरी कार्यालय बाट १ जना थुनुवा फरार भएको छ ।

उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय पशुपति यादव फरार भएको बुढाथोकीले बताए ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका–१ निवासी यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।