
भदौ ९ गते ।
ला लिगामा रियल बेटिसलाइहराउँदै बासिंलोनाले जित हात पारेको छ । गतराती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोललेपछि पार्दै जित हात पारेको हो ।
बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा रियल बेटिसले १५ औं मिनेटमा नबिल फकिरले एक गोल गरेको थियो । पहिलो हाफ्को अन्त्य तिर ग्रिजम्यानले एक गोल गर्दै गोल बराबरी बनाएको थियो । दोस्रो हाफ्को सुरुमै दोस्रो गोल गरेपछि ५६ औं मिनेटमा कार्लोस परेरज र ६० औं मिनेटमा अल्बाले गोल गरेका थिए ।
खेलको ७७ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । तर दुई मिनेटपछि नै बेटिसका मोरोनले गोल गर्दै खेललाई ५–२ मा खेल टुंगिएको थियो ।
