Friday, May 15News That Matters

लिम्चुङबुङको कार्यालयमा संखास्पद वस्तु फेला

उदयपुर, माघ १३ गते ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यलयमा संखास्पद वस्तु फेला परेको छ । पालिका अध्यक्षको कार्यकक्ष अगाडीको ढोका छेउमा लाईलनको झोला भित्र कुकुर बम जस्तो देखिने वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

विहान करिब साढे ९ बजे लाईलनको झोला भित्र कुकुरमा तार जोडेर मोबाईलमा कनेक्ट गरेको जस्तो देखिने संखास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा ढोका छेउमा संखास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटना स्थल पुगी घटना स्थललाई सुरक्ष घेरा भित्र राखेको छ । नेपाली सेनाका रणशार्दुल गण बोक्सेबाट बम डिस्पोजल टोली घटना स्थल प्रवेश गरेको प्रहरीले जनाएको छ ।