
उदयपुर/चैत्र,२३
बिरामी आशंकमा लिम्चुङबुङ गाउँपालिकाका ४ जनाको स्वाब धरान पठाइएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । स्वाब नमुना संकलनका प्राविधिक स्वास्थ्यकर्मी टोली आफैले संकलन गरी तत्काल धरान पठाइएको हो । स्बाव नमुना संकलित गरी परिक्षणको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
