Thursday, June 18News That Matters

लिम्चुङबुङको पर्यटन सल्लाहकारमा बके नियुक्त

पूर्णपुष्टि,माघ ५ ।
उदयपुर / उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पर्यटन सल्लाहकारमा रामसुन्दर बकेलाई नियुक्ती गरेको छ । पालिकाको नवौं कार्यपालिका बैंठकले उनलाई नियुुक्तीको निर्णय गरेको हो । पर्यटन सल्लाहकारको नियुक्ती पालिकाको पर्यटन विकासका लागि कोशेढुुङ्गा सावित हुने आशा लिएको छ । उनलाई पालिका अध्यक्ष मेजरकुमार राईले नियुक्ती पत्र प्रदान गरेका छन् ।

“जे पाक्छ, त्यो बिक्छ, गाउँगाउँमा होमस्टे, घरघरमा रोजगारी” को अभियान्ता हुन् । नेपाल उद्योग व्यापार महासंघ भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका उनी पर्यटन विकासको परिकल्पनाकार, पर्यटन व्यवसायी हुुन् । उनी भक्तपुरको सूर्य विनायकको रानीकोट दरबार नजिकै होटल भिलेज हाइल्याण्डका सञ्चालक हुुन् । केही समयअघि उनले लिम्चुुङबुुङको भ्रमण गरेका थिए ।

पर्यटनको नयाँ गन्तब्य लिम्चुुङबुुङ बनाउदै यसैको माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्य पालिकाको छ । लिम्चुुङबुुङलाई सगरमाथा र सुुर्योदयको दृश्यवलोकन गर्ने सबैभन्दा राम्रो ठाउँको रुपमा पालिकाको दावी छ । पर्यटन विकासलाई सार्थक तुुल्याउन सल्लाहकार नियक्ति गरिएको पालिकाले जनाएको छ ।