Saturday, June 27News That Matters

लिम्चुङबुङमा बोयरजातका बोका सतप्रतिशत अनुदानमा वितरण

पूर्णपुष्टि, असार २२ ।

लिम्चुङबुङ गाउँपालिकाले अध्यक्ष कृषि परियोजना अन्तर्गत सतप्रतिशत अनुदानमा बोयर जातको बोका कृषकहरुलाई आइतबार वितरण गरेको छ । पालिकाका कृषकहरुलाई पशुपालनमा व्यवसायिक बनाउदै आयआर्जनमा टेवा पर्याउने उद्देश्यले बोयर जातको बीउ बोका वितरण गरेको अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । हाल पालिकाको खास पशुपालन क्षेत्र र पशुपालक कृषकहरुलाई मध्येनजर गर्दै २४ वटा बोका वितरण गरिएको उहाँले बताउनुभयो ।

बोयर जातको बोका प्रयोग गर्दा बाख्रापालन सुधार हुनुका साथै मासु प्रयोगका लागि उपयुक्त हुने पशु विज्ञहरुको भनाइ छ । समृद्ध पालिका र खुसी कृषक बनाउने भन्दै पालिकामा अध्यक्ष कृषि परियोजना सञ्चालन छ । पालिकालाई कृषिको माध्यमबाट समृद्धिको बाटोमा अगाडी लैजान अन्न, तरकारी, फलफुल उत्पादनका साथै दुध र मासुका लागि पशुपालनलाई जोड दिइएकोछ ।