Wednesday, July 1News That Matters

लिम्चुङबुङमा याे बिदा, एतिहासिक दिन

पूर्णपुष्टि, फागुन १४ ।

‘लिम्चुङबुङ’ नाम रहन गएकाे दिनलाई स्मरण गर्दै उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाले अाज सार्बजनिक बिदा गरेकाे छ ।
साबिक सुनकाेशीलाई परिवर्तन गरि स्थानीय वनस्पति ‘लिम्चुङबुङ’ काे नामबाट नामाकरण गरिएकाे हाे । स्थानीय चामलिङ राई भाषामा ‘लिम्चुङबुङ’ भनिने बनस्पतिलाई पर्वतेमा सुनतारी भनिन्छ ।
नेपाल सरकारकाे मन्त्री परिषद्ले२०७४ फागुन १४ गते साविक सुनकाेशीकाे नाम परिवर्तन गरि ‘लिम्चुङबुङ’ बनाएकाे थियाे ।
साेहि दिनलाई गाउपालिकाकाे गाउँ कार्यपालिकाले सार्बजनिक बिदा घाेषणा गरेकाे हाे । कार्यपालिकाकाे निर्णय बमाेजिम अाज पालिका कार्यालय र माताहतका कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिदा भएका छन् ।

पालिका अध्यक्ष मेजरकुमार राईका अनुसार राज्यकाे संघीय शासन व्यवस्थामा पहिचान, भुगाेल जस्ता अाधारमा पालिकाकाे नामाकरण गर्न सक्ने व्यवस्था रहेकाे छ । साेहि व्यवस्थालाई टेकेर गाउँ सभाले २०७४ भदाै् ३१ गते ‘लिम्चुङबुङ’ नाम प्रस्ताव गरेकाे थियाे र करिब छ महिनापछि फागुन १४ गते राजपत्रमा प्रकाशित भएर अाएकाे थियाे । अन्य जिल्लाहरुमा पनि सुनकाेशी नाम रहेकाले परिवर्तन गर्न अावश्यक ठानिएकाे थियाे । नाम नयाँ रच्ने क्रममा सर्बसहमत ‘लिम्चुङबुङ’ नाम ।बबप्रस्ताव भएकाे थियाे ।
राजपत्रमा नाम सार्वजनिक भएसंगै जिल्लामै फरक र विशिष्ट पहिचानले पालिका परिचित बनेकाे छ । भुगाेल र जनसंख्याकाे हिसावले जिल्लामा सबैभन्दा सानाे साे पालिका दुर्गम पहाडि भुभागमा रहेकाले हरेक कुराकाे पहुच बाहिर थियाे । पाँच पहाडि गाबिसहरु बाँसबाेटे, ताम्लिछा, बाराहा, बलम्ता र जाँते गाभेर पालिका बन्नुका साथै स्थानीय सरकार बनेपछि बिकास र जनप्रशासनमा जनताकाे पहुच बढेकाे छ ।