
लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं= १ को उदयपुर जिल्लाको पश्चिम–उत्तर हिस्सामा अवस्थित रहेको छ । यस गाउँपालिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन एन २०७४, बमोजिम गाउँपालिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो ।
यस गाउँपालिकामा हाल बाँस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६=८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।

