Tuesday, June 2News That Matters

लिम्चुङबुङ गाउँपालिकाले गरे कृषि सडकको अनुगमन

मिलन परियार ,
लिम्चुङ्बुङ १८

लिम्चुङ्बुङ गाउँपालिकाले कृषि सडक अनुगमन गरेको छ । लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक रमिला राई सहितको टोलीले पालिकाको २ ओटा वडामा सडक अनुगमन आइतबार गरेको हो । ताम्लिछा र जाँतेमा निर्माण गरिएको सडक वडाका बिभिन्न वस्तिहरुमा पुराइएको छ । त्याहाँका किसानहरुले गरेको उत्पादनलाई सहज र सरल मुल्यमा विक्रि वितरणमा टुवा पुराउने भन्दै वडाले आर्थिक बर्ष ०७६०/०७७ मा विनियोजित भौतिक संरचना अन्तर्गतको बजेट सडक निर्माणमा लागाइएको थियो ।

वडा नं २ ताम्लिछा बाट १३ लाख र वडा नम्बर ५ जाँते बाट १० लाख बुईखा मासन्टिार मतर्ला सडक आयोजनाको विनियिोजित बजेटको कृषि सडक बिभिन्न वस्तिहरुमा निर्माण गरी उत्पादनलाई सहज बनाउने भएको पालिका उपाध्यक्ष तथा समितिका संयोजक प्रमिला राईले बताउनुभयो ।

समितिले कटुवाल भञ्ज्याङ् २ नम्बर टेकानपुर लैकुघाट  सडक आयोजना सहित ज्यामिरे हुँदै घिमिरेबारी बेलडांडा सडक निर्माण स्तर उन्नती, गैरिगाँउ पान्दसे सडक निर्माण आयोजना, वडा कर्यालय तथा स्वास्थ्य चौकी मर्मत तथा सुधार, ठाडिबर देखि सोलढुङा सडक आयोजना, स्वास्थ्य चौकी ताम्लिछा फिल्ड निर्माण  आयोजना लगाएतका भौतिक निर्माण तथा संरचनाहरुको स्थलगत अनुगमन गरेको छ ।