
पूणर्पुष्टि, मंसिर १०
१६ दिने लैँगिक हिंसा बिरुद्धको अभियान उदयपुरमा बुधबारदेखी सुरु गरिएको छ । सँधा झै यो बर्ष पनि बिभिन्न लैँगिक हिंसा सम्बन्धि कार्यक्रमहरु सँगै अभियान १६ दिन सम्म मनाईने भएको छ ।
‘लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुलनाराका साथ १६ दिनसम्म सञ्चालन हुने उक्त अभियानको उद्घाटन बुधबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले गर्नुभयो ।
ओरेक नेपालको रजत स्तम्भमा दिपपज्वलन गरी उद्घाटन कार्यक्रमको भव्य उद्घाटन भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि अभियान संचालन गरिन्छ ।
अभियानको उद्घाटन गर्दै प्रमुख दर्नालले लिंगका आधारमा गरिने विभेद्ले समाज र राष्ट्रलाई नै कुरुप बनाएको बताए । उनले लैङ्गिक हिंसा मुक्त समुन्नत समाज निर्माण गरी राष्ट्रलाई नै सभ्य र सुसंस्कारयुक्त बनाउनु पर्नेमा जोड दिए ।
सबै किसिमका विभेद र असमानता हटाउनु पर्नेमा जोड दिँदै उनले हिंसा, विभेद, कुरीति, अन्धविश्वास अन्त्य गर्दै समानताको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरे । सोही अवसरमा जिल्लामा १६ दिनसम्म सञ्चालन हुने कार्यक्रमसमेत ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले सार्वजानिक गरिन् ।
यस वर्ष कोभिड १९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आ-आफ्नो स्थानबाट सुरक्षित रहँदै विभिन्न कार्यक्रमहरू सहित १६ दिने अभियानलाई सञ्चालन गरिने जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बताईन् ।
