Thursday, May 21News That Matters

लैङ्गिक हिंसा नियन्त्रण तथा भावी कार्ययोजनाको विषयमा अन्तरक्रिया

पूर्णपुष्टि,असार ४ । उदयपुरको गाईघाटमा लैङ्गिक हिंसा नियन्त्रण तथा भावी कार्ययोजनाको विषमयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बोक्सेको कर्मचारी मिलन केन्द्रमा भएको अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतित्यतामा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बालमन्दिर माध्यमी विद्यालयको करिव ३५ जना किशोरकिशोरीहरुको उपस्थितिमा कार्यक्रम सम्पनन भएको हो ।

लैङ्गिक हिंसा कसरी नियन्त्रण गर्ने र त्यसलाई भावी दिनमा कसरी कार्ययोजना बनाउँने भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्याङकन अनुसार ३ वर्षमा अधिकांस महिलाहरु हिंसामा परि बेपत्ता परेको देखिएको छ । प्रहरीका अनुसार महिलाहरु घरायसी मानसीक यातना साथै लैङ्गिक हिंसामा परेको अनुसन्धानमा खुलेको जनाएको छ । उदयपुरका प्रहरी नायक उपरिक्षक हरिनन्द चौधरीले धेरै जसो १८ वर्ष भन्दा मुनाका किशोरीहरु जवरजस्ती करणको मुद्दा लिएर आउँने गरेको जनाए । उनले गाउँ घरमा कुनै पनि प्रकारको महिला तथा लैङ्गिक हिंसामा परेमा तत्कार प्रहरीलाई खबर गर्न पनि अनुरोध गरे ।

कार्यक्रममा नगर प्रमुख बसन्त कुमार बस्नेतले जिल्लामा लैङ्गिक हिंसा बढ्दो देखिएकाले यस विषयमा बिचिन्न ठाउँमा सचेतना अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । प्रमुख बस्नेतका अनुसार अहिलेको यो समाजलाई महिला हिंसा मुक्त गर्नको निमित्त गुणस्तर क्षिक्षाको जरुरी रहेको बताए । राज्यको सम्पतीबाट नगर क्षेत्रका बिभिन्न ठाउँहरुमा महिलालाई लक्षीत गरी सुरु गरिएको कार्यक्रमहरु प्रभावकारी बनाउँनमा सबैको साथ सहयोग रहने बिश्वास व्यक्त गरे ।

उक्त अन्तरक्रियालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजनाको थियो भने त्रियुगा नगरपालिका साथै ओरेक नेपाल उदयपुरले सहकार्य गरेको थियो । यता सामाजिक विकास मन्त्रालयद्धारा सहयोग गरेको थियो ।