Saturday, June 20News That Matters

ल्यापटप चोरी गर्ने एकजना पक्राउ

पूर्णपुष्टि, असार १०

ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका विष्णु अधिकारीलाई ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको भनी निबेदन परे पश्चात महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जरसहित पक्राउ गरेको हो ।

उनलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने उक्त महाशाखाले जनाएको छ ।